Logo

आन्दोलनरत ड्राइभर र सरकारबीच ८ बुँदे सहमती, आजैबाट पेट्रोलियम ढुवानी

आन्दोलनरत ड्राइभर र सरकारबीच ८ बुँदे सहमती, आजैबाट पेट्रोलियम ढुवानी



काठमाडौं । सरकार र हड्तालमा उत्रिएका चालकबीच सहमति भएको छ । बिहीबार समहति गरेर पुनः आन्दोलनमा उत्रिएका पेट्रोलियम ढुवानी गर्ने चालकसँग शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमै बसेर अर्को समहति गरेका हुन् ।

आन्दोलनरत चालक पक्ष र सरकारी प्रतिनिधिबीचको लामो समयको वार्तापछि चालकहरुले सवारीसाधन चलाउने सहमति गरेका छन् । आन्दोलनरत पक्षले उठाएको मागलाई संबोधन गर्नेलगायतका ८ बुँदे सहमति भएसँगै चालकहरुले पेट्रोलियम ढुवानी गर्ने सहमति गरेका हुन् ।

सहमति अनुसार स्वतन्त्र चालकले उठाएका मागलाई कार्यान्वयनका लागि गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाईने भएको छ । साथै सहमति अनुसार आन्दोलनमा क्रममा प्रहरीले पक्राउ गरी थुनामा राखेका चालकलाई रिहा गर्ने र आजैदेखि सहज रुपमा पेट्रोलियम ढुवानी गरिने भएको छ ।

छलफलमा सरकारी पक्षबाट प्रधानमन्त्री कार्यालयका सचिव केशरबहादूर अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक, पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए । यसैगरी आन्दोलनरत चालकहरुकोतर्फबाट स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL