Logo

बालाजु क्षेत्रमा शुक्रबार लोडसेडिङ यी स्थानमा हुनेछैन विजुली

बालाजु क्षेत्रमा शुक्रबार लोडसेडिङ यी स्थानमा हुनेछैन विजुली



काठमाडौं । बालाजु क्षेत्रमा शुक्रबार विजुली जाने भएको छ । सडक विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सो क्षेत्रमा विजुली जाने जानकारी दिएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार बालाजु क्षेत्रका बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने भएको हो ।

शुक्रबार बालाजु–धर्मस्थली फिडर अन्तरगत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा वत्ति जाने छ ।

त्यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL