Logo

ड्राईभर हड्तालले पेट्रोलियम ढुवानी ठप्प, अहिलेको स्टकले कति दिनलाई धान्ला ?

ड्राईभर हड्तालले पेट्रोलियम ढुवानी ठप्प, अहिलेको स्टकले कति दिनलाई धान्ला ?



काठमाडौं । ड्राईभरहरुको हड्तालका कारण पेट्रोलियम ढुवानी ठप्प भएको छ । संसदमा पेश भएको ड्राइभरलाई नियमन गर्न बनेको विधेयकको विरोधमा ड्राईभरहरु उत्रिएसँगै पेट्रोलियम ढुवानी ठप्प भएको हो ।

ट्याङर चालकले बिभिन्न माग राख्दै गत मंगलबार देखी ढुवानी ठप्प पार्दै आएका छन । ट्याङकरले ढुवानी ठप्प पारे पछि निगमले ट्याङर चालकलाई एक सुचना जारी गर्दै तत्काल ट्याङकर संचालनमा ल्याउन र यदी ट्याङकर संचालनमा नल्याए सम्झौता खारेज गर्ने निगमले जानकारी दिएको छ ।

ड्राइभरको हड्तालसँगै देशमा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ । हाल निगमसँग ४५ हजार ३ सय ९७ किलोलिटर डिजल तथा पेट्रोल स्टक रहेको निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिएका छन । उनका अनुसार काठमाडौंमा मात्रै ५ हजार केएल डिजल र ३ हजार केएल पेट्रोल स्टक रहेको छ । स्टकमा रहेको डिजेल तथा पेट्रोलले १ हप्तासम्म धान्न सक्ने गोईत बताउँछन् ।

सम्पूर्ण ढुवानी बन्द भए पछि काठमाडौं लगायत देशभरि पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले विकल्पको रुपमा २० वटा गाडीमार्फत काठमाडौं भित्र ढुवानीको ब्यवस्था गर्ने भएको छ । साथै निगमले ट्याङकर चालकहरुले उठाएको माग प्रति सकरात्मक रहि पुरा गर्दा पनि पुनः ढुवानी बन्द गर्नु दुर्भाग्य रहेको जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको आपूर्ति ब्यवस्थामा प्रतिकुल प्रभाव पर्ने गरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता खारेज गर्र्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL