Logo

कतारले विद्युतीय गाडी उत्पादन गर्ने, ९ अर्ब डलर बराबरको कारखाना स्थापना गर्दै

कतारले विद्युतीय गाडी उत्पादन गर्ने, ९ अर्ब डलर बराबरको कारखाना स्थापना गर्दै



काठमाडौं । कतारले पनि अब विद्युतीय सवारी साधन अत्पादन गर्ने घोषणा गरेको छ । सोमबार कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने घोषणा गरेको हो ।

कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न ९ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ ।

यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका ‘कतार ट्रिवुन’ ले जानकारी दिएको छ ।

उत्पादनको जिम्मा कतार क्वालिटी कम्पनीका अध्यक्ष अलिविन नासिर अल–मिस्नाडले लिएका छन । नयाँ उत्पादन हुने विद्युतीय सवारी साधन पेट्रोल तथा डिजेलबाट चल्ने गाडीभन्दा पूरै फरक प्रकारको हुने बताइएको छ ।

अध्यक्ष अल मिस्नाडले सन २०२४ सम्ममा पाँच लाख गाडी उत्पादन गर्ने योजना बनाइएको बताए । उत्पादित विद्युतीय गाडीहरु संसार भरका अन्य देशहरुमा निर्यात गरिने उनको भनाई छ ।
विद्युतीय सवारी साधन उत्पादनका लागि ६ ओटा कम्पनी स्थापना गर्ने त्यसले सवारी साधनका फरक फरक पाटपुर्जा बनाउने उनले बताए । पछिल्ला बर्षहरूमा विद्युतीय गाडी निर्माणलाई चीन, अमेरिका तथा यूरोपेली राष्ट्र लगायत विश्वभर आकर्षण बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL