Logo

निगमका महाप्रबन्धक कंसाकार भन्छन्, ‘राजीनामा दिन्न निगममै बसेर सल्लाहकारको भुमिका निर्वाह गर्छु’

निगमका महाप्रबन्धक कंसाकार भन्छन्, ‘राजीनामा दिन्न निगममै बसेर सल्लाहकारको भुमिका निर्वाह गर्छु’



काठमाडौं । सरकारले आफ्नो कार्यकारी भुमिका समाप्त पार्दे नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गरेपनि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने राजीनामा नदिने बताएका छन् । ‘सरकारले आईतबार राती कार्यकारी अध्यक्ष नियुक्त गरेसँगै निगमका मेरो कार्यकारी अधिकार सकियो,’ बिजखबरसँग उनले भने, ‘अब म निगममै रहेर सल्लाहकारको भुमिकामा काम गर्नेछु ।’

सरकारले आफ्नो अधिकार कटौती गर्दै कार्यकारी अध्यक्ष नियुक्त गरेपनि आफुले राजीनामा दिएर नहिड्ने उनको भनाई थियो । ‘निगममा मेरो कार्यकाल ८ महिना मात्र बाँकी छ,’ उनले भने, ‘उक्त समयसम्म कार्यकारी अध्यक्षसँग मिलेर नै काम गर्नेछु ।’ कर्मचारी साथीहरुको आग्रह र आफ्नो पनि कार्यकाल सकिन छोटो समयावधि मात्र बाँकी रहेकाले उक्त समयसम्म निगममै रहेर काम गर्ने उनको भनाई थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को आईतबार राती बसेको बैंठकले निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । यससँगै उनले आजैबाट पदभार ग्रहण गर्दैछन् । गतहप्ता शुक्रबार बसेको बैंठकले खरेललाई निगम संचालक समितिको सदस्यमा नियुक्त गरेको थियो भने हिजोको बैठकले कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो ।

महाप्रबन्धक कंसाकारमाथी पछिल्लो  समय वाइडवडी खरिदमा भ्रष्टाचार, कर्मचारीसँग मिलेर काम गर्न नसकेको जस्ता आरोप लागेको छ । निगमकै कर्मचारीहरुले पनि कंसाकारको विरोध गर्दै आएका छन् । तर, कर्मचारीले विरोध गरेपनि आफुले कुनै पनि हालतमा राजीनामा दिएर नहिड्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL