Logo

प्रचण्डको पुरक बजेट मोहः आवश्यकता कि सत्ता हत्याउने ‘रिहर्सल’ ?

प्रचण्डको पुरक बजेट मोहः आवश्यकता कि सत्ता हत्याउने ‘रिहर्सल’ ?



काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधसभा तथा प्रदेश सभाको निर्वाचनमा जुन घोषणापत्र लिएर जनतामाथ गएका थियो सोही अनुरुपको बजेट नआउँदा आलोचना खेप्नुपर्यो । महत्वकाक्षी घोषणापत्र लिएर जनतासामु गएको वामगठबन्धनलाई चुनावमा जनताले राम्रो साथ दिए र सोही अनुरुप दूई तिहाई मत प्राप्त गर्न सफल भयो ।

दुई तिहाई बहुमत पाएको सरकारले बडो जोडतोडका साथ आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्यो । तत्कालिन नेकपा एमाले र माओवादीको मिश्रणपछि पार्टी एकता भएर दुई तिहाई सरकारले ल्याउने बजेटलाई सबैले आशाका रुपमा लिएका थिए । त्यसमा पनि विज्ञ अर्थमन्त्री ।

बजेट भाषणसँगै अर्थमन्ती डा. युवराज खतिवडाले चालू आबको बजेट पूर्ण रुपमा कार्यान्वयनम आउने र त्यसले देशलाई आर्थिक समृद्धितर्फ लैजाने उद्घोष गरेका थिए । दुई तिहाई सरकारले ल्याएको सो बजेट पूर्ण रुपमा कार्यान्वयनमा आउने विश्वास जनतालाई पनि थियो ।

तर, दुई तिहाई सरकार र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै संलग्न भएर ल्याएको बजेटलाई पछिल्लो समय आफैले आलोचना गर्नु रहस्यमय बन्न पुगेको छ । आफु अध्यक्ष भएर आफ्नै सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्न केन्द्रित हुनुको सट्टा पुरक बजेटको उद्घोष गर्दै हिड्न थालेका छन् । पार्टी अध्यक्षको पुरक बजेटप्रतिको एकोहोरो रटानका कारण अर्थ मन्त्रीलगायत सरकारमा संलग्न अन्य मन्त्रीहरु अचम्मित बन्न पुगेका समाचार स्रोतको भनाई छ ।

आफैले नेतृत्वले गरेको पार्टीको सरकारले ल्याएको बजेट कार्यान्वयनमा आएको २ महिना पनि नबित्दै स्वमय पार्टी अध्यक्षले नै सो बजेटको विरोधमा पुरक बजेटको रटान गर्दै हिड्नुमा स्वार्थ बाझिएको नेपाल कम्युनिष्ट पार्टीकै उच्च नेतृत्वहरु बताउँछन् ।

संविधानत सरकारले पुरक बजेट ल्याउन सक्छन् । संविधानको धारा १२१ मा भएको पूरक बजेट सम्बन्धी व्यवस्थाको उपधारा १ मा कुनै आर्थिक वर्षमा देहायको अवस्था पर्न आएमा नेपाल सरकारको अर्थमन्त्रीले प्रतिनिधि सभामा पूरक अनुमान पेश गर्न सक्ने उल्लेख गरिएको छ । संविधानमा भनिएको छ ‘चालु आर्थिक वर्षका लागि विनियोजन ऐनले कुनै सेवाका लागि खर्च गर्न अख्तियारी दिएको रकम अपर्याप्त भएमा वा त्यस वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ सेवामा खर्च गर्न आवश्यक भएमा, वा चालु आर्थिक वर्षमा विनियोजन ऐनले अख्तियारी दिएको रकमभन्दा बढी खर्च हुन गएमा पूरक अनुमान सार्वजनिक गर्न सकिने छ ।’ जसको लागि स्वयम अर्थमन्त्रीले प्रतिनिधिसभा समपक्ष पुरक बजेटको अनुमान सहित पेश गर्नुपर्ने हुन्छ । तर, अहिले बजेट कार्यान्वयनमा आएको २ महिना वित्न नपाउँदै प्रधानमन्त्री तथा अर्थमन्त्री स्वयमलाई थाहै नदिई पार्टी अध्यक्ष दाहालले पुरक बजेटको हल्ला गर्नु सत्ता मोह भएको सोही स्रोतको दाबी छ ।

नेकपाका अध्यक्ष दाहालले पछिल्लो समय मिडियाहरुका पुरक बजेट र मन्त्री परिवर्तको हल्लाहरु फैलाउदै हिड्न थालेका छन् । दुई तिहाई बहुमत पाएर बनेको सरकारको ६ महिना नपुग्दै मन्त्री परिवर्तनको फण्डा र बृद्ध भत्ताको नामलाई लिएर पुरक बजेट ल्याउने जस्ता पार्टी अध्यक्षको निजी स्वार्थका कारण पार्टी भित्रै आशंका उत्पन्न भएको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ । पार्टी अध्यक्ष दाहाल बृद्धा भत्ताको नाममा जनतालाई पैसा बाडेर जनमत बटुल्ने योजनामा लागेका छन् । तर समग्रमा उनको त्यो सोच राष्ट्रिय अर्थतन्त्रको हित विपरित भएको सम्बद्ध अर्थ विज्ञहरु बताउँछन् ।

शक्ती सन्तुलनको नाममा भारत भ्रमण गरेर फर्केलगत्तै उनले मन्त्री परिवर्तन र पुरक बजेटलाई जोडतोडका साथ उठाएका छन् । तर, अहिले सरकारको नेतृत्व गरिरहेका नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिले मन्त्री परिवर्त र पुरक बजेटको विषयमा कुनै छलफल नभएको बताउँदै आएका छन् । यसैगरी तत्कालिन माओवादीको कोटाबाट गृहमन्त्री बनेका रामबहादूर थापाले पनि उक्त कुराको डिफेन्स गर्दै तत्काल कसैले चाहदैमा मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् ।

सामान्यतय सरकार फेरबदल हुँदा पुरक बजेट ल्याउने गरेको नजिरहरु छन् । बजेट एउटा राजनीतिक तथा आर्थिक दस्तावेज भएकाले पनि सरकार परिवर्तन हुँदा कुनै पनि राजनीतिक दलले आफ्ना एजेण्डा स्थापित गर्न पुरक बजेट ल्याउने गर्दछन् । तर, पार्टी अध्यक्ष दाहालको भारत भ्रमण पछि आफ्नै नेतृत्वको दुई तिहाई सरकारले ल्याएको बजेट कार्यान्वयनमा नआउँदै पुरक बजेटको रटान र मन्त्री परिवर्तनको हल्लाले सरकार गिराउने अस्त्रको रुपमा पनि हेर्न थालिएको छ ।

पटक पटक भारतीय इसारामा नाच्दै आएको नेपाली राजनीतिक दलहरु पार्टी अध्यक्ष दाहालको भारत भ्रमण पछिको ‘ट्युनिङ’ लाई सोही अनुरुप शंकाको दृष्टिकोषबाट हेर्न थालेका छन् । एकातर्फ आफैले ल्याएको बजेट कार्यान्वयनमा नआउँदै पुरक बजेटको हल्ला र भारत भ्रमण लगत्तै मन्त्रीहरुको फेरबदको छनकले पार्टी अध्यक्ष दाहालको तत्काल सत्ता मोहलाई लक्षित गरेको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ ।

पार्टी एकता तथा सरकार गठनसँगै तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल केपी ओलीसँग रुष्ट हुँदै आएका छन् । पछिल्लो समय दाहालले उनै द्वय नेता नेपाल र खनाललाई प्रयोग गर्दै सरकार गिराउने खेलमा लागेको सम्बद्ध नेताहरुको आरोप छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL