Logo

साफकप २०१८ को प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्समा, सबै खेल एचडी क्वालिटीमा

साफकप २०१८ को प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्समा, सबै खेल एचडी क्वालिटीमा



काठमाडौं । साफकप २०१८ को एक्शन स्पोर्टस एचडि मार्फत प्रत्यक्ष प्रशारण भईरहेको छ । ‘नेपालीले खेल्छ, नेपालीले हेर्छ’ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकीकप २०१८ को प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टले गरिरहेको छ ।

एक्सन स्पोर्ट्सले देश विदेशमा भएका खेलहरुको प्रत्यक्ष प्रशारण गर्दे आएको छ । सोही क्रममा स्पोर्टसले एचडी च्यानल मार्फत सुजुकीकप २०१८ को प्रत्यक्ष प्रशारण गरेको च्यानलले जानकारी दिएको छ ।

दक्षिण एशियाका ७ रास्ट्रहरु सहभागी यो प्रतियोगिता भादौ १९ गते देखि शुरु भई भदौ ३० गते सम्म चल्नेछ । प्रतियोगिताका सबै खेलहरु उक्त एक्सन स्पोर्ट्सको च्यानल नम्बर १०५ र ९९१ मा एचडी क्वालिटिमा हेर्न सकिनेछ ।

ग्राहकको विश्वास र रुचिअनुसार आउँदो दिनहरुमा समेत देश वा विदेशमा भएको खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने कम्पनीले जानकारी दिएको छ ।

एचडी प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL