Logo

रेल र सडक विभागका महानिर्देशक एक्स्चेञ्ज, रेल ल्याउने जिम्मा मिश्रलाई

रेल र सडक विभागका महानिर्देशक एक्स्चेञ्ज, रेल ल्याउने जिम्मा मिश्रलाई



काठमाडौं । नेतृत्व बिहिन हुन पुगेको रेल विभागको महानिर्देशकमा सडक विभागका प्रोजेक्ट डाईरेक्टर बलराम मिश्रलाई लगिने भएको छ ।

भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले रेल विभागका महानिर्देशक अनन्त आचार्यलाई सडक विभागमा सरुवा गरेसँगै मिश्रलाई सो स्थानमा लैजान लागिएको भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयका सुचना अधिकारी भुपेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन ।

रेल विभागका प्रवक्ता तथा ईन्जीनियर प्रकाश भक्त उपाध्याय यस अघिनै उमेरहदका कारण रिटायर्ड भईसकेका छन । तर उप महानिर्देशकमा को ल्याउने भन्नेबारे अहिलेनै कुनै निर्णय नभएको मन्त्रालयका सुचना अधिकारी श्रेष्ठले बताए ।

महानिर्देशक आचार्यले भने आफ्नो दरबन्दी सडक विभागमानै भएकाले मन्त्रीले आफुलाई त्यतै तानेको हुन सक्ने जानकारी दिएका छन । आचार्य भने करिब एक महिना बिदामा बस्ने र त्यस पछि मात्रै कार्यालय जाने तयारीमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL