Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्याँसमा पनि प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्याँसमा पनि प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल निगमले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा उच्च बढाएर पठाएसँगै निमगले पनि सोही अनुरुप मूल्य बढाउनु परेको नेपाल आयल निमगका निमत्त प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

उनका अनुसार निगमले बुधबार रातीबाट लागू हुनेगरी मूल्य समायोजन गरिएको हो । जस अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको छ ।
निमगले लामो समयपछि एलपीजी ग्यासको मूल्यमा पनि बृद्धि गरेको छ । ग्याँसको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बृद्धि गर्दै १४ सय रुपैयाँ पुर्याइएको छ । निगमले ग्याँसबाट मात्रै मासिक ८० करोड रुपैयाँ घाटा व्यहोर्नु परेपछि बाध्यतावस ग्याँसको मूल्य बढाउनु परेको भट्टराईको भनाई थियो ।
नयाँ मूल्यसँगै अबमा दिनमा पेट्रोलको प्रतिलिटर १ सय १२ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको प्रतिलिटर ९८ रुपैयाँ पर्ने छ । नयाँ मूल्य समायोजन पछि पनि निगमलाई पाक्षिक रुपमा ११ करोड १५ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
इरानको तेलमा लागेको प्रतिबन्ध तथा अन्तरराष्ट्रिय डलरको मूल्य उच्च रुपमा बढेसँगै पेट्रोल तथा ग्याँसको मूल्य बढ्न पुगेको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL