Logo

पुरातात्विक सम्पदाहरुको स्वरुप परिवर्तन नहुने, बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण हुने

पुरातात्विक सम्पदाहरुको स्वरुप परिवर्तन नहुने, बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण हुने


रासस
0
Shares

काठमाडौं । अब पुरातात्विक सम्पदाहरुको स्वरुप परिवर्तन गर्न नपाईने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाका पुनःनिर्माणमा पुरानै स्वरूपलाई कायम राख्ने भएको हो ।

१ सय वर्षअघिका सम्पदा तथा मन्दिरलाई प्रमाणित गरिने र आधुनिक प्रविधि प्रयोग गरेर ती सम्पदालाई पुरानै स्वरूपमा पुनःनिर्माण गरिने प्राधिकरणले जानकारी दिएको छ ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि राणा कालको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल अझै छ । पुरातत्व विभागले उक्त मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेकामा विवाद सिर्जना भएपछि निर्माण कार्य रोकिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त, मन्दिरकोे पुनःनिर्माण भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुङ्गो लगाउने बताउँदै पुरानो स्वरूपमा बनाउँदा त्यसको प्रामाणीकतालाई पनि जोड दिइनुपर्ने बताए ।

उनले रानीपोखरी मल्लकालमा निर्माण भएकाले उक्त शैलीको स्केचबाहेक अरु प्रमाण नभएकाले भूकम्पले क्षति हुुुनुभन्दा अघिको गुम्बज शैलीमै जानुपर्ने जानकारी दिए । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र महानगरपालिका बीच अभैm समन्वय भइसकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL