Logo

रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता आज, यस्तो छ सरकारको तयारी

रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता आज, यस्तो छ सरकारको तयारी



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता हुने भएको छ ।

रक्सौंल–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि नेपाल र भारत सरकारबीच आज मध्यान्ह सम्झौता हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

उनका अनुसार करिब १ सय ३० किलोमिटर लामो रेल मार्गको लागि पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि द्धिपक्षीय सम्झौता (एमओयु) हुने भएको हो । शुक्रबार दिउँसो दुबै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा उक्त रेलमार्गको सम्भाब्यता अध्ययनका लागि सम्झौता हुने उनले जानकारी दिए ।

सम्झौता पछि सो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनले लागत, निर्माण गर्नका लागि लाग्ने समयावधीलगायतका प्राविधिक विषयहरु समेट्ने छ ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयका मातहतमा उक्त सम्झौता हुन लागेको हो । पूर्व सम्भाव्वयता अध्ययनको काम थालिने गरी सम्झौता हुने पोडेलले जानकारी दिएका छन ।

भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सम्झौता भएपनि ऋण वा अनुदानमा हुने भन्ने विषयमा अहिले एकिन नभएको पोडेलले जानकारी दिए । सोे रेलमार्गको २० प्रतिशत भाग पुल र टनेलमा निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान रेल विभागको रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL