Logo

बिहीबार र शुक्रबार उपत्यकामा शैक्षिक संस्था बिदा, सार्बजनिक बिदा भने नहुने

बिहीबार र शुक्रबार उपत्यकामा शैक्षिक संस्था बिदा, सार्बजनिक बिदा भने नहुने



काठमाडौं । काठमाडौं उपत्यकामा २ दिन शैक्षिक संस्थाहरु बन्द हुने भएका छन ।

गृह मन्त्रालयले बिहीबार र शुक्रबार हुन लागेको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङगालको खाडीको सहयोग (बिमस्टेक) सम्मेलनका लागि शैक्षिक संस्थाहरुलाई बिदा दिने भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले एक सुचना जारी गर्दै उक्त बिदाको घोषणा गरेको हो ।

१४ र १५ गते हुने बिमस्टेक बैठकमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै उक्त २ दिन शैक्षिक संस्थाका सवारी साधन पनि नचल्ने भएका छन ।

सरकारको मन्त्रीस्तरिय बैठकमा यस्तो निर्णय भएको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL