Logo

समयमै मेलम्चीको पानी ल्याउन विकास समितिको निर्देशन, मिनिरल्स वाटर भन्दै बोतलको पानी बेच्न नपाउने

समयमै मेलम्चीको पानी ल्याउन विकास समितिको निर्देशन, मिनिरल्स वाटर भन्दै बोतलको पानी बेच्न नपाउने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले गरेको ढिलाई र सुस्त कार्यसम्पादन ब्यवस्थापन गर्न विकास तथा प्रविधि समितिले खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ ।

मंगलबार बसेकको समितिले दशैंसम्म काठमाडौं बासीलाई वितरण गर्ने भनिएको मेलम्चीको पानीको मिति सर्ने भएकाले विश्वसनियतामाथी गम्भीर प्रश्न उठ्ने भन्दै तत्काल सम्बोधन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका अध्यक्ष जिपछिरिङ लामाले निर्देशन दिँदै त्यसतर्फ सचेत भई कार्यसम्पादन गर्न तथा हेडवक्र्स, सुरुङभित्रको फिनिशिङको कार्य अझै बाँकी रहेकाले तत्काल निर्माण गर्न निर्देशन दिएका हुन् । यसैगरी निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले काठमाण्डौ उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको भन्दै स्वच्छ पिउन योग्य पानी भनी मापदण्ड निर्धारण गर्न वा नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

त्यस्तै समितिले काठमाण्डौबासीको पानीको उच्च मागलाई सम्बोधन गर्न मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने सम्बन्धमा वातवरणीय प्रभाव मूल्याङकन (ईआईए), प्रारम्भिक वातवरणीय परीक्षण (आईईई) तथा डीपीआरका कार्यले गति नलिएको भन्दै ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै मन्त्री मगरले खानेपानीको क्वालिटीको आधारमा बोतलको पानी बेच्न पाउने तर मिनिरल्स वाटर भनेर बेच्न नपाउने बताईएको छ । बोतलको पानी शुद्ध पानी मात्र भएको र सो बोतलमा मिनिरल्स नभएको उनको भनाई रहेको छ ।

बैठकमा बोल्दै मन्त्री मगरले उक्त बोतलको पानीमा मिनिरल्स नभएकाले अब त्यस्तो पानी मिनिरल्स वाटर भन्दै बेच्न नपाउने बताएकी हुन । कुन बोतलमा कति मिनिरल्स छ कुनै आधार छैन त्यसैले त्यस्ता बोतलको पानी शुद्ध पानी भनेर बेच्न पाईयो तर मिनिरल्स भनेर बेच्ने पाईएन उनले भने ।

मन्त्री मगरले ३ वर्ष भित्रमा आधारभूत पानीको लागि मन्त्रालय योजनामा जुटेको समेत जानकारी दिएकी छिन ।
उनका अनुसार आगामी ३ वर्ष भित्रमा काठमाडौबासीले शुद्ध पिउने पानी पाउनेछन । जस्को लागि बन तथा उर्जा मन्त्रालय सँग कुरा भईरहेको छ भने किसानलाई मुहान वरिपरि आर्गनिक खेती तर्फ प्रोत्साहन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिएकी छिन ।

त्यस्तै मन्त्री मगरले तराईका २२ वटा जिल्लामा पाईलाईनबाटै पानी वितरण गर्ने गरि काम भईरहेको समेत जानकारी दिएकी छिन । उनले तराईमा रहेका हातेकललाई विस्थापित गर्न महाकाली, बबई, भेरी लगायतका नदीहरुमा सम्भाब्यता अध्ययन भईरहेको बताएकी छिन ।

हाल तराईको उक्त जिल्लाहरुमा करिब ६ सय ३७ वटा योजनाहरु निमार्णधिन अवस्थामा रहेकाले अवको केही वर्ष भित्रै हातेकललाई विस्थापित गर्ने योजनामा मन्त्रालय रहेको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL