Logo

बागदरबारको नयाँ डिजाईनका लागि ५ कम्पनीको आवेदन, कस्तो होला नयाँ भवन ?

बागदरबारको नयाँ डिजाईनका लागि ५ कम्पनीको आवेदन, कस्तो होला नयाँ भवन ?



काठमाडौं । काठमाडौं महानगरपलिकाको पुरातात्विक भवन बागदरबारको नयाँ डिजाईनका लागि ५ ओटा कम्पनी ईच्छुक देखिएका छन ।

काठमाडौं महानगरपालिकाको पुरानो भवन बागदरबार २०७२ सालको महाभुकम्पले क्षतिग्रस्त भएपछि बेलाबेलामा भवन भत्काउने प्रस्ताव गरे पनि पुरातत्व विभागले निर्देशन नदिँदा रोकिएको थियो ।

विभागले केहीदिन पहिले उक्त भवन भत्काउन निर्देशन दिएपछि कामपाले लगत्तै उक्त भवन भत्काउन र नयाँ डिजाईन बनाउन टेन्डर आह्वान गरेको थियो । उक्त आह्वान अनुसार नयाँ डिजाइन बनाउनका लागि ५ ओटा कम्पनीले आवेदन दिएका छन ।

५ ओटा कम्पनीमध्यलाई छनौट गर्नका लागि एक नयाँ परामर्शदाता कम्पनी आह्वान गर्ने र उक्त कम्पनीले ५ ओटा कम्पनीको उचित मूल्याङकन गरी छनौट गर्ने कामपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उक्त परामर्शदाता कम्पनीले नयाँ डिजाईन बनाउनका लागि आवेदन दिने कम्पनीले अनुमानित लागत, उक्त कम्पनीको फाईल तथा अन्य सेवाहरु हेरेर डिजाईनको लागि कम्पनी छनौट गर्नेछ ।

उक्त भवनको नयाँ डिजाईन बनाउनका लागि आवेदन दिने कम्पनीमा ईस्ट–वेस्ट डिजाईन कम्पनी एन्ड सर्भिस प्रालि, क्रियटिभ डिजाईन आर्किटेक्ट प्रालि, केट कनसल्ट्यान्ट प्रालि, ईआरएमसी प्रालि र सुपरभिजन बिल्डीङ अथोरिटि प्रालि रहेको कामपाले जानकारी दिएको छ ।

उक्त नयाँ डिजाईनमा पहिलेको डिजाईनमा अलिअलि नयाँ संरचना पनि थप गरी डिजाईन गर्न माग गरेको कामपा प्रवक्ता कार्कीको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL