Logo

काठमाडौंमा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, अष्ट्रेलियाका कलेज र पढाई खर्चको बारेमा जानकारी लिन सकिने

काठमाडौंमा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, अष्ट्रेलियाका कलेज र पढाई खर्चको बारेमा जानकारी लिन सकिने



काठमाडौं । अष्ट्रेलिया पढ्न चाहने विद्यार्थिका लागि ८ र ९ गते काठमाडौंमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेला (एजुकेशन फेयर) हुने भएको छ ।

अष्ट्रेलियामा रहेको साझा छाता संगठन एजुकेशन कन्सल्ट्यान्ट एलाईन्स (एका) ले भदौ ८ र ९ गते उक्त मेला आयोजना गर्ने भएको हो ।

नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उपयुक्त गन्तव्य भएको र नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको आकर्षणलाई ध्यानमा राख्दै उक्त मेला आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

‘विद्याथिसंगै अभिभावक’ भन्ने मुल नाराका साथ हुने उक्त मेला होटल अन्नपुर्णमा २ दिनसम्म चल्नेछ ।

प्लस टु सकेर अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थिसँगै अभिभावकको पनि उत्तिकै रुपमा जिम्मेवारी रहने हुँदा मेलाको नारा पनि विद्यार्थिसँगै अभिभावक राखिएको आयोजकको भनाई छ ।

उक्त मेलामा ७ ओटा कलेजका २२ ओटा शैक्षिक परामर्शदाताहरुको सहभागिता रहने आयोजकद्धारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।
मेलामा अष्ट्रेलिया पढ्न चाहने विद्यार्थिका लागि पढाई खर्च, पढ्ने विश्वविद्यालय तथा विद्यालयको बारेमा जानकारी लिन पाईनेछ ।

मेलामा २२ वटा शैक्षिक परामर्शदाताहरुको सहभागिता सहित ३० ओटा स्टल रहनेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL