Logo

सैनिक कल्याणकारी कोषको मौज्दात ४१ अर्ब, साढे ५ अर्ब विभिन्न आयोजनामा लगानी

सैनिक कल्याणकारी कोषको मौज्दात ४१ अर्ब, साढे ५ अर्ब विभिन्न आयोजनामा लगानी


रासस
27
Shares

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख ४६ रुपैयाँ पुगेको छ ।

कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो ।

नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा १ हजारबाट २०३२ सालमा स्थापना भएको उक्त कोषमा अहिले नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रहेको छ ।

कोषको मौज्दातमध्ये नेपाल राष्ट्र बैंकले समस्या घोषणा गरेका बैंक तथा वित्तीय संस्थासँग सैनिक कल्याणकारी कोषले प्राप्त गर्नुपर्ने सावाँ २२ करोड ९७ लाख ६७ हजार रहेको छ ।

कोषले बहालवाला तथा भूपू सैनिकका परिवारका लागि स्वास्थ्य, शिक्षा रोजगारी तथा आवास क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । उक्त कोषको मुख्य स्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज, शान्तिसेनाबाट प्राप्त हुने रकम, शिक्षण संस्थाबाट प्राप्त हुने शुल्क र विभिन्न आयमूलक परियोजनाबाट हुने रकम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL