Logo

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल र मट्टीतेलमा २ रुपैयाँ बृद्धि, निगमलाई अझै ७ करोड घाटा

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल र मट्टीतेलमा २ रुपैयाँ बृद्धि, निगमलाई अझै ७ करोड घाटा



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले आईतबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ बृद्धि भएको छ भने डिजेल र मट्टीलेलमा प्रतिलिटर २२ रुपैयाँका दरले बृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पर्ने डिजेल र मट्टीतेलको ९५ रुपैयाँ पर्नेछ ।

यसैगरी हवाई इनधनतर्फ आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बृद्धि भई १ सय ४ रुपैयाँ ५० पैसा पुगेको छ भने बाह्यतर्फ प्रतिहजार लिटरमा ५० डलर पुगेको छ । यससँगै बाह्यतर्फको हवाई इन्धनको प्रतिहजार लिटर मूल्य १ हजार १ सय २५ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजनसँगै निगमको घाटामा केही कमि आएको छ । यसअघि निगमलाई १५ दिनमा २५ करोड घाटा रहेकोमा मूल्य समायोजनसँगै उक्त घाटा ६ करोड २१ लाख रुपैयाँमा झरेको छ । पेट्रोलियम पदार्थमा निगमलाई नाफा भएपनि एलपीजी ग्याँसका कारण घाटा रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL