Logo

राष्ट्रपतिले गरिन स्वयम्भू निरीक्षण, १७ सम्पदाको पुनर्निर्माण सम्पन्न

राष्ट्रपतिले गरिन स्वयम्भू निरीक्षण, १७ सम्पदाको पुनर्निर्माण सम्पन्न



काठमाडौं । भुकम्प पछि भत्किएका स्वयम्भूमा रहेको अनन्तपुर, प्रतापपुर, शान्तिपुर लगायत अन्य १७ वटा सम्पदाको राष्ट्रपति विद्यादेवी भण्डारीले निरीक्षण गरेका छन् ।

२०७२ सालको भुकम्पले पुर्णरुपमा ध्वस्त भएका र केहि आंशिक रुपमा क्षति भएका गरी १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन ।

अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख रुपैयाँ लागतमामा सम्पन्न भएको हो भने अन्य सम्पदा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण गरिएको हो । विश्व सम्पदामा सुचिकृत यी सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा समेत गरिन ।

प्रवलीकरण तथा पूर्ण जीर्णेद्धार सम्पन्न सम्पदाको औपचारिक कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माण प्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए ।

मन्त्री अधिकारीले पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भएको र केही समय पछि पाटन कृष्ण मन्दिरको जीर्णेद्वार सम्पन्न हुने बताए ।

‘भूकम्पको थिलोथिलो बाट उठेर हामी हिडेका छौ । अबको २ बर्षमा हामी दौडने छौ । नेपाललाई हामी हिजोका जस्तै बनाउने छौ,’ मन्त्री अधिकारीले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL