Logo

संचालनमा आयो कलंकी अन्डरपास, पुर्ण संचालनमा आउन अझै १ महिना लाग्ने

संचालनमा आयो कलंकी अन्डरपास, पुर्ण संचालनमा आउन अझै १ महिना लाग्ने



काठमाडौं । नेपालकै पहिलो अन्डरपास कलंकी अन्डरपास संचालनमा आएको छ । चिनियाँ पक्षले अन्डरपास संचालनमा सहमति दिएपछि उक्त अन्डरपास संचालनमा आएको हो ।

‘चिनियाँ पक्षले उक्त अन्डरपास संचालनमा ल्याउन अझै केहि दिन लाग्ने बताएको थियो तर कलंकी क्षेत्रको जामलाई मध्यनजर गर्दै उक्त अन्डरपास आधा भएपनि संचालनमा ल्याउन हामीले आह्वान गरेका थियौँ ।’, कोटेश्वर कलंकी सडक खण्डका आयोजना प्रमुख प्रकाश भण्डारीले बिजखबरलाई भने । ‘हाम्रो उक्त आह्वानपछि उनिहरुले आफ्नो सामान रहेको स्थानमा २ लेन र अन्य खाली स्थानमा भने ४ लेन संचालनमा ल्याउने गरी अन्डरपास खुल्ला गरेका हुन ।’

यसका साथै उनले ४ सय मिटर लामो उक्त अन्डरपासमा रङरोगन तथा ट्राफिक डाईभर्सनको काम भने अझै नसकीएको जानकारी दिए । उनका अनसार उक्त रङरोगन तथा ट्राफिक डाईभर्सन राख्न भने अझै १ महिना लाग्नेछ ।

तर हालको ट्राफिक जामलाई मध्यनजर गरी उक्त अन्डरपासमा सीलकोट गरि संचालनमा ल्याएइको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL