Logo

पूर्वाधार विकासको ५ बर्षे विवरण दिन विकास समितिको निर्देशन, गुणस्तरिय विकासमा जोड

पूर्वाधार विकासको ५ बर्षे विवरण दिन विकास समितिको निर्देशन, गुणस्तरिय विकासमा जोड



काठमाडौं । संघीय संसद अन्तरगतको विकास तथा प्रविधि समितिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी ५ बर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण उपलब्ध गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले मन्त्रालयले चालु आवमा गर्ने विकासका कार्यका साथै विकासनिर्माणको कार्यमा भएको खर्च तथा प्रगति विवरण पनि मागेको हो ।

साथै समितिले मन्त्रालयलाई राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन पनि निर्देशन दिएको छ ।

विकासका आयोजनाहरुमा देखिएका समस्या तथा चुनौतीहरुलाई स्थायी तवरले शिघ्र समाधान गर्न तथा कुनै पनि कारणबाट आयोजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुन नदिने व्यवस्था मिलाउन मन्त्रालयलाई आदेश दिएको समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै समितिले विकासका कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य सम्पादन गर्न गराउन माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL