Logo

एनसेलको लाभकर कसले तिर्ने, आजबाट अन्तिम सुनुवाइ सुरु

एनसेलको लाभकर कसले तिर्ने, आजबाट अन्तिम सुनुवाइ सुरु



काठमाडौं । लामो समयदेखि विवादमा रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री वापतको लाभकरको बिषयमा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । उक्त मुद्दामा सुनुवाई गर्न कामु प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले ५ जना न्यायाधीसको बृहत पूर्ण इजालास बनाएका छन् । सोही बृहत इजलासले आजदेखि अन्तिम सुनुवाई गर्नेछ ।

यस अघि सर्वोच्च अदालतको संयुक्त इजलासले एनसेलको पक्षमा आदेश जारी गर्दे नगद लाभांस लैजान बाटो खुला गरिदिएको थियो । तर, नेपालले पूँजीगत लाभकर पाउनुपर्ने भन्दै दायर गरिएको रिटमाथी आजबाट सर्वोच्चको बृहत पुर्ण इजलासले सुनुवाई गर्ने भएको हो ।

उक्त बृहत इजलासमा न्यायाधीशहरु दीपकुमार कार्र्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह, राउत डम्बरबहादुर शाही, टंकबहादुर मोक्तान रहेका छन् ।

एनसेलले नेपाललाई लाभकर तिर्नुपर्ने भन्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पूर्व निमित्त महालेखापरीक्षक सुकदेव खत्री, डा जगदीशचन्द्र बरालसहित ६ जनाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासमा पेसी तोकिएको थियो । सोही रिटमाथी आजदेखि सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तिम सुनुवाई गर्न थालेको हो ।

एनसेलको तत्कालीन लगानीकर्ता कम्पनी टेलियासोनेराले मलेसियन कम्पनी आजियटालाई सेयर बिक्री गर्दा लाभकर बापत ६० अर्ब रुपैयाँ दायित्व तिर्नुपर्ने देखिएको थियो । उक्त लाभकर नतिरेसम्म लाभांस लैजान नमल्निे भन्दै ठूला करदाता कार्यालयले रोक लगाएको थियो ।

आजदेखि हुने सर्वोच्चको बृहत इजलासले अबका दिनमा एनसेलले लाभकर तिर्न पर्ने वा नपर्ने, कसले तिर्ने भन्ने विषयमा टुङ्गो लगाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL