Logo

प्राधिकारणको सीईओमा ज्ञवाली नियुक्त, आलोपालो गर्दै ज्ञवाली र पोखरेल

प्राधिकारणको सीईओमा ज्ञवाली नियुक्त, आलोपालो गर्दै ज्ञवाली र पोखरेल



काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई पुन सीईओमा नियुक्त गरेको हो ।

सरकार परिवर्तन सँगै प्राधिकरणको सीआईओ पनि परिवर्तन भईरहेको छ । ओली सरकारले नियुक्त गरेको ज्ञवलीलाई प्रचण्ड सरकारले हटाईएको थियो तर फेरी ओली सरकारले ज्ञवलीलाईनै प्राधिकरणको सीईओमा नियुक्त गरेको छ ।

सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए । तर, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याए । ओली सरकार पछि कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकारले पोखरेललाई पुन फर्काइएको थियो ।

संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिए । उनको स्थानमा पूर्व प्रशासक युवराज भुसाल आए ।

पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएपछि सीईओ पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL