Logo

एडिबीको सहयोगमा नयाँ बसपार्क सिनामंगल रुटमा नयाँ बस सञ्चालन, टेम्पो र माइक्रो बिस्थापन

एडिबीको सहयोगमा नयाँ बसपार्क सिनामंगल रुटमा नयाँ बस सञ्चालन, टेम्पो र माइक्रो बिस्थापन



काठमाडौं । एसियाली विकाश बैंक ‘एडिबी’ को सहयोगमा काठमाडौंको नयाँ बसपार्कदेखि एयरपोर्ट रुटमा नयाँ बस संचालनमा आएका छन । २५ सिटे अत्याधुनिक बसहरु गोङगबु नयाँ बसपार्कबाट लैनचौर रत्नपार्क, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर हुँदै सिनामंगल पुगेर सोही रुट फर्कीनेछन ।

एडिबीको सहयोगमा संचालनमा ल्याईएका १७ ओटा अत्याधुनिक नयाँ बसहरुलाई उक्त रुटमा चल्ने २६ ओटा माइक्रोबस तथा ३५ ओटा टेम्पो बिस्थापन गरेर चलाईएको हो ।

उक्त बिस्थापन गरिएका टेम्पो तथा माइक्रोबसलाई अन्य रुटमा चलाउने सम्झौता सहित बिस्थापन गरिएको हो ।

काठमाडौंको बढ्दो जनसंख्यासंगै सवारी साधनको चाप तथा यात्रुहरुको समस्यालाई ध्यानमा राख्दै नयाँ अत्याधुनिक बसहरु संचालनमा ल्याइएको एडिबीले जानकारी दिएको छ ।

‘यातायात व्यबस्था विभागसंग नजिक भएर काठमाडौंमा अत्याधुनिक बसहरु संचालनमा ल्याउन पाउँदा हामी अत्यन्तै खुसी छौं’, एडिबीका कन्ट्री डाइरेक्टर मुख्तोभ खानुफखादोभले भने ।

उक्त नयाँ बसमा कार्बन मोनोअक्साइडनामक हानीकारक बायुरहित इन्जिनको प्रयोग गरिएको छ । साथै यसमा जिपिएस प्रविधि पनि जडान गरिएको छ जसले गर्दा यात्रुहरुले बस कहाँ आइपुग्यो भनि थाहा पाउनेछन ।

यात्रुहरुले उक्त बसमा आफ्नो डेबिट कार्डको प्रयोग गरेर पनि भाडा तिर्न सक्नेछन ।

२ अर्ब २३ करोड कुल लागत रहेको यो परियोजनामा नेपाल सरकारको जम्मा ८० करोड लगानी रहेको छ भने कम्पनीको ५ प्रतिशत लगानी रहेको छ ।

बस संचालनका लागि इ टिकेटिङ, जिपिएस जडान तथा अन्य सुचनासम्बन्धी काम गर्नको लागि १० लाख खर्च भएको एडिबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL