Logo

अमेरिकी आर्थिक प्रतिबन्धका कारण रुसी मुद्राको अवमूल्यन, सेयर बजारमा पनि गिरावट

अमेरिकी आर्थिक प्रतिबन्धका कारण रुसी मुद्राको अवमूल्यन, सेयर बजारमा पनि गिरावट



काठमाडौं ।  अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल २ वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो ।

वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६ दशमलव ४८ पुगेको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो ।

अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३ दशमलव २ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १ दशमलव २ प्रतिशतले तल झरेको छ । रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बरबैंकको सेयर ४ दशमलव ७ बिन्दुले घटेको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए ।

अन्तर्रा्ष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध अन्तर्गत ‘राष्ट्रिय सुरक्षा संवेदनशील’ अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन् । विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो ।

रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन । २ वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो ।

यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ ।
‘अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ,’ क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताइन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL