Logo

अर्को निर्णय नआएसम्म दोस्रो किस्ता वितरण गर्न निर्देशन, पुर्ननिर्माणलाई निरन्तरता दिन आग्रह

अर्को निर्णय नआएसम्म दोस्रो किस्ता वितरण गर्न निर्देशन, पुर्ननिर्माणलाई निरन्तरता दिन आग्रह



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्को निर्र्णय नभएसम्मका लागि भुकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण जारी राख्न निर्देशन दिएको छ ।

दोस्रो किस्ता लिने समयसीमा यही असार मसान्तसम्म रहेकामा प्राधिकरणले अर्को निर्णय नआएसम्म दोस्रो किस्ता वितरण समय लम्ब्याएको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन ।

यसअघि तोकिएको म्यादकै कारण दोस्रो किस्ता नरोक्न सम्बन्धित निकायलाई निर्देशनका साथै सिफारिस तथा निरीक्षण नरोक्न समेत परिपत्र गरेको उनले बताए ।

‘पहिलो किस्ता लिई मापदण्डअनुसार घर बनाउन सुरु गरेका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन दिएमा निरीक्षण गरी सिफारिस जारी राख्न अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एवं भवनका केन्द्रिय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरु तथा सम्बन्धित स्थानीय तहका अधिकारीहरु र स्थानीय तहमा खटिएका प्राविधिकहरुलाई भनि सकेको छु,’ उनले भने ।

म्यादकै कारण कुनै दुविधा नमानी घर पुनर्निर्माण जारी राख्न र पहिलो किस्ता लिएर सुरु गरि नसकेको भए सुरु गरी किस्ता लिन समेत प्राधिकरणले आग्रह गरेको छ ।

गत चैत्र २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले २०७५ असार मसान्तसम्म दोस्रो र २०७५ पुस मसान्तसम्म तेस्रो किस्ता लिने समयसीमा तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL