Logo

औपचारिक रुपमा एफएनसीसीआईबाट अलग्गियो चेम्बर, महासंघलाई चिठी पठाउँदै

औपचारिक रुपमा एफएनसीसीआईबाट अलग्गियो चेम्बर, महासंघलाई चिठी पठाउँदै



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो ।

चेम्बरको कार्यसमिति बैंठकले एफएनसीसीआईबाट अलग्निे निर्णय गरे पनि सो सम्बन्धमा महासंघलाई आधिकारीक चिठी भने पठाइसकेको छैन । केही दिनभित्र महासंघलाई उक्त चिठी पठाइने समेत उनले जानकारी दिए ।

यस अघिसम्म महासंघको जिल्ला सदस्य रहेको चेम्बरले अब आफैलाई महासंघको ढाँचा अनुरुप लैजान उद्देश्य सहित महासंघबाट अलग्गिएको हो । नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बरले आफुलाई केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत बलियो संरचना विस्तार गर्दै लैजाने जानकारी दिएको छ ।

केही समय अघि चेम्बरले जिल्ला शाखा स्थापना गर्दा महासंघले सो विषयमा स्पष्टीकरण माग गरेसँगै चेम्बरले अलग्गिने विषयमा छलफल चलाएको थियो । तर, त्यसको लामो समयपछि आइतबार बसेको बैंठकले अलग्गिने निर्णय गरेको हो ।

सोही अनुरुप चेम्बरले जिल्ला जिल्लामा शाखा विस्तारलाई तीब्रता दिएको छ । यस अघि नै ६५ जिल्लामा आफ्नो च्याटर रहेको चेम्बर अफ कमर्शले पछिल्लो समय ५० जिल्ला भन्दा बढि आफ्नो शाखा विस्तार खोलिसकेको छ ।

विस २००७ सालमा स्थापना भएको चेम्बरकै नेतृत्वमा २०२२ सालमा नेपाल उद्योग बाणिज्य महासंघको स्थापना भएको थियो । २०२२ सालमा चेम्बरका तत्कालिन अध्यक्ष लोकनाथ जोशीकै नेतृत्वमा महासंघको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL