Logo

राजस्व असुलीमा काठमाडौ महानगरपालिका फेल, लक्ष्यको आधा मात्रै संकलन

राजस्व असुलीमा काठमाडौ महानगरपालिका फेल, लक्ष्यको आधा मात्रै संकलन


रासस
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७४÷७५ मा काठमाडौँ महानगरपालिकाले ५१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
महानगरपालिकाले गत आवमा १० अर्ब २७ करोड ४१ लाख ७४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि ५ अर्ब ३१ करोड ८३ लाख ४३ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

सबैभन्दा बढी घरजग्गा करतर्फ ५७ करोड ५९ लाख ७८ हजार रुपैयाँ राजश्व असुल गरेको छ । घरबहाल करतर्फ ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ १०÷१० करोड रुपैयाँ राजस्व असुल गरेको छ ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गका अनुसार सबैभन्दा कम सव–वे करतर्फ ५४ हजार रुपैयाँ असुल गरिएको छ । आव २०७३÷७४ मा २ अर्ब ७८ करोड ८१ लाख १६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा २ अर्ब ८२ करोड ५१ लाख १३ हजार रुपैयाँ संकलन भएको प्रधानाङ्गले बताएका छन ।

अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकम समेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाई रहेको छ । ‘अघिल्लो आवमा एउटै संस्थाले ३० करोड रुपैयाँ सम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था रहेन,’ प्रमुख प्रधानाङ्गले भने ।

महानगरपालिकाले बसपार्क सेवा शुल्क ५० लाख रुपैयाँ असुल गर्ने लक्ष्य लिएकामा ४० लाख रुपैयाँ मात्र संकलन भएको छ । सवारी करतर्फ २ करोड रुपैयाँ लक्ष्य लिएकामा ३१ लाख ९ हजार रुपैयाँ मात्र असुल गरेको छ ।

मालपोत कर भने १० करोड रुपैयाँ लक्ष्य लिएकामा ११ करोड ३० हजार रुपैयाँ असुल गर्न सफल भएको राजस्व महाशाखाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL