Logo

रिचार्जर एपको नयाँ सुविधा, बिना ब्याज किस्ताबन्दीमा मोबाईल

रिचार्जर एपको नयाँ सुविधा, बिना ब्याज किस्ताबन्दीमा मोबाईल



काठमाडौं । ग्लोबल की टेक्नोलोजीकोे मोबाइल एप्स ‘रिचार्जर’ ले किस्ताबन्दीमा मोबाईल उपलब्ध गराउने भएको छ । कम्पनीले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको हो ।

मोबाईल एपमा मात्र उक्त अफर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रीकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको जानकारी दिएको छ ।

उक्त योजना मार्फत मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको र ग्राहकले २० हजार रुपैयाँदेखि माथि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा खरिद गर्न सकिने छ ।

कम्पनीको उक्त योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ ।

अन्य विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

उक्त योजना अन्तरगत ग्राहकले मोबाइल लिनको लागि आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको उक्त योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL