Logo

अवैध शुल्क असुल्ने एक मेनपावरमा छापा, सम्पुर्ण कागजात नियन्त्रणमा

अवैध शुल्क असुल्ने एक मेनपावरमा छापा, सम्पुर्ण कागजात नियन्त्रणमा


रासस
81
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार दाताबाट तोकिएभन्दा बढी शुल्क लिने एक मेनपावरमा छापा मारेको छ । विभागले सोमबार वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो ।

सेवा शुल्कबापत १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो ।

विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।

उक्त मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए । विभागले मेनपावर कम्पनीमा छापा मारेपनि उनीहरु तोकिएको शुल्क बुझाएर रोजगारीका लागि कुवेत जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL