Logo

अनिश्चित बन्दै प्रधानन्यायाधीशको नियुक्ती, सुनुवाई समितिको बैठक १६ गते हुने

अनिश्चित बन्दै प्रधानन्यायाधीशको नियुक्ती, सुनुवाई समितिको बैठक १६ गते हुने



काठमाडौं । संसदीय सुनुवाईको विशेष समितिको बैठक स्थगित भएको छ । उक्त बैठक स्थगित भएसँगै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीश नियुक्ती अनिश्चीत बन्दै गएको हो ।

सत्तारुढ दल नेकपाले उनलाई अस्विकृतको भाव प्रस्तुत गर्दागर्दै पनि अघि बढाइएको कार्य बैठक स्थगित भएपछि अनिश्चीत बन्ने भएको हो ।

सुनुवाई समितिको बैठकले आज कुनै निर्णय नगरी बैठक १६ गते सम्मका लागि स्थगीत गरेको छ ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्न आईतबार बस्ने बैठक विशेष कारणबस स्थगित भएर सोमबार बसेको हो ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL