Logo

प्रधानन्यायधीशमा जोशीको नाम सोमबार मात्रै टुङ्गो लाग्ने, सर्यो संसदीय सुनुवाई समितिको बैठक

प्रधानन्यायधीशमा जोशीको नाम सोमबार मात्रै टुङ्गो लाग्ने, सर्यो संसदीय सुनुवाई समितिको बैठक



काठमाडौं । भावी प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट भोली मात्र टुङगो लाग्ने भएको छ । भावी प्रधानन्यायाधीशमा जोशीको काम अनुमोदन गर्न आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबारलाई सरेपछि उनको टुङ्गो पनि भोली नै लाग्ने भएको हो ।

समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिइन् ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL