Logo

रानी पोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी, पुरातत्व विभागले भन्यो, ‘हाम्रो डिजाइनमा जसले बनाएपनि हुन्छ’

रानी पोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी, पुरातत्व विभागले भन्यो, ‘हाम्रो डिजाइनमा जसले बनाएपनि हुन्छ’



काठमाडौं । काठमाडौं महानगरपालिकाले रानिपोखरी पुनर्निर्माणमा ढिलासुस्ती गरेपछि सेनालाई जिम्मा दिइने भएको छ । केहिदिन अघि रक्षामन्त्रालय, पुरातत्व विभाग, कामपा र पर्यटन मन्त्रालयका प्रतिनिधिबीच बसेको बैठकमा रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी गरिएको हो । सेनालाई जिम्मा दिने विषयमा सबै प्रतिनिधिहरु सकारात्मक देखिएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

तर तत्कालका लागि रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिन बहस मात्रै भएको र पुर्ण रुपमा भने दिने निर्णय भने नभईसकेको कामपा उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन । ‘रानिपोखरीको पुनर्निर्माण त कामपाले नै गर्नुपर्ने हो,’ उनले भनिन्, ‘तर हाल रानिपोखरी निर्माणको विषयलाई लिएर त्यहाँको ठेकेदारले मुद्दा हालेको हुनाले कामपा अलि पछि परेको जस्तो देखिएको हो ।’ केहि दिन अघि पुरातत्व विभागसँग भएको छलफलमा साउन १५ गतेदेखि रानीपोखरीको पुनर्निर्माण कामपाले थाल्ने तयारी गरेको उनले जानकारी दिइन ।

रानी पोखरीको पुनर्निर्माण पुरानै डिजाइनमा र पुरातत्व विभागले भने बमोजिम बनाए जोकोहीले बनाएपनि आफुलाई आपत्ति नभएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले बताए । गत आइतबार रक्षा मन्त्री, पर्यटनमन्त्री, पुरातत्व विभागका महानिर्देशक तथा कामपाका मेयर विद्यासुन्दर शाक्यबीच भएको छलफलमा उक्त निर्णयका बारेमा कुरा उठेको र कामपा मेयर शाक्य रानीपोखरी निर्माणका लागि सेनालाई दिने सम्बधमा सकारात्मक भएको समेत उनले जानकारी दिए ।

कामपाले रानिपोखरीको पुनर्निर्माण नयाँ डिजाइनका साथ बनाउने भनी कंक्रिट युक्त पर्खाल बनाएको थियो । तर, उक्त पर्खालको विषयलाई लिएर चौतर्फी विरोध भएपछि कामपाले २ करोड खर्चमा निर्माण गरिएको कंक्रिट पर्खाल भत्काएको थियो । कामपाले १६ लाख खर्चमा सो पर्खाल भत्काएर पछि पुरानै शैलीमा रानीपोखरीको पुनर्निर्माण गर्न नयाँ डिजाइन बनाउँदै गरेको कामपाका इन्जिनीयर राम थापाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL