Logo

बजार भाउ भन्दा सरकारी अनुदानको चामल महँगो, तत्काल समायोजन नहुने : खाध्य संस्थानको अडान

बजार भाउ भन्दा सरकारी अनुदानको चामल महँगो, तत्काल समायोजन नहुने : खाध्य संस्थानको अडान



काठमाडौं । सरकारको अनुदानमा बिक्री वितरण गर्दै आएको चामलमा मूल्य बृद्धि गरेको छ ।

सरकारले जापानी चामलको मूल्यमा पहिलो पटक मूल्य बृद्धि गरी डोल्पाका जनतालाई बिक्री वितरण गर्न लागेको हो । अनुदानको चामल महँगीएर आए पछि मूल्य बृद्धि गर्नु परेको संस्थानले जानकारी दिएको छ  ।

गत बर्ष प्रति केजी ५० रुपैयाँमा बिक्री हुँदै आएको चामलमा यस वर्ष सरकारले १५ रुपैयाँ बृद्धि गरी ६५ रुपैयाँमा बिक्री गर्ने लक्ष्य राखेको संस्थानका सुचना अधिकारी शंकर सापकोटाले जानकारी दिएका छन ।

तर डोल्पाका जनताले भने सरकारी अनुदानको चामल बजार भाउ भन्दा पनि महँगो भएकोले अनुदानको चामल किन्न छाडेको डोल्पा शाखाले जानकारी दिएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको ३ हजार ५ सय १५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन ।

आपूर्ति, बाणिज्य, अर्थ मन्त्रालय लगायतका ९ सदस्यीय संचालक समितिले जेठमा पहिलो पटक मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेको २ महिना पनि नभएको सापकोटाले बताए । ‘२ महिना पनि भएको छैन मूल्य निधारण भएको अहिलेनै कसरी भन्न सकिन्छ र जनताले चामल किनेन भनेर’ उनले भने ।

‘चामल बिक्री भए नभएको अहिलेनै केही भन्न सकिँदैन’ उनले भने यदी साँचै जनताले चामल खरिद नगरेकै हो भने संचालक समितिको बैठक बसेर केही हेरफेर हुन सक्ने बताए पनि अहिलेनै भने मूल्य हेरफेर नहुने उनको तर्क थियो ।
विसं ०७२–०७३ मा ५० रुपैयाँ प्रति केजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रति केजीमा १५ रुपैयाँ वृद्धि गरेको थियो ।

डोल्पा शाखाले भने संस्थानको चामल महँगो भए पनि बजारको चामल भन्दा राम्रो गुणस्तरको रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL