Logo

खोला मिचेर वनाइएका संरचना सार्वजनिक जग्गाको रुपमा फर्काउने, हनुमन्तेमा बाढी रोक्न करिडोर निर्माण

खोला मिचेर वनाइएका संरचना सार्वजनिक जग्गाको रुपमा फर्काउने, हनुमन्तेमा बाढी रोक्न करिडोर निर्माण


रासस
135
Shares

काठमाडौं । भक्तपुर भएर बग्ने हनुमन्ते नदीको सरसफाई कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताएका छन ।

खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविक अनुसार सार्वजनिक रुपमा नै फर्काइने बस्नेतले जानकारी दिएका हुन ।

हनुमन्तेको बाढी बस्तीमा पस्नबाट रोक्न हनुमन्ते करिडोर निर्माण, हनुमन्तेलाई पानीको बहाव क्षेत्र ८ मिटरको फराकिलो बनाइने र खोलाको दायाँबायाँ डिलमा पर्खाल लगाउने बस्नेतले जानकारी दिएका हुन ।

सरसफाई कार्यक्रममा मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्ड अन्तरर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७ र २८ गते आएको बाढीले डुबान क्षेत्रमा ल्याएर थुपारेको फोहोर र अन्य फोहोर सफाइ गरेको थियो ।

उक्त सफाई अभियानले २० टन फोहोर संकलन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL