Logo

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर दिइनेछ : मन्त्री अधिकारी

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर दिइनेछ : मन्त्री अधिकारी


रासस
108
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने जानकारी दिएका छन ।

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको मंगलबार शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक÷फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको बताए ।

उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले १ करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिएका छन ।
उनले नेपालमा जहाजको मार्गसमेत बढाएर ८ स्थानमा पु¥याइएको समेत जानकारी दिए । अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउनेछ भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गरे ।

नेपालमा १ करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी १ वर्षमा लुम्बिनी, ३ वर्षमा पोखरा र ५ वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारील गरे ।

नेपालको सिमीकोट, पोखरा, काठमाडाँै र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको जानकारी दिदै भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या भएको र नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको बताए ।
उनले चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट १ दिनको लागि मात्रै भएकाले त्यसलाई ३ दिनसम्म पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरेका छन ।
‘पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ’, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उनले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्काे आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL