Logo

पत्रकारले पाउने भए जिवन निर्वाह भत्ता, प्रेस काउन्सिल खारेज हुँदै

पत्रकारले पाउने भए जिवन निर्वाह भत्ता, प्रेस काउन्सिल खारेज हुँदै



काठमाडौं । नेपालका ज्येष्ठ पत्रकारहरुले अब जिवन निर्वाह भत्ता पाउने भएका छन । संचार तथा सुचना प्रविधि मन्त्रालयले ३० बर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारितामा लागेका र ६५ बर्ष उमेर पुगेका पत्रकारलाई मासिक वृत्ति प्रदान गर्ने भएको हो ।

मन्त्रालयले तत्काल १ करोड रुपैयाँ निकासा गरिएको तथा आगामी आर्थिक बर्ष उक्त रकम बढाएर ३ करोड रुपैयाँ कोषमा जम्मा गर्ने जानकारी दिएको छ । जीवनभर पत्रकारितामा संलग्न रहेका र अवकाशको उमेरमा अन्य आयस्रोत नहुने जेष्ठ पत्रकारको सहयोगका लाग बृत्ति कोष सहयोगी हुने मन्त्रालयको भनाई छ । पत्रकार बृत्ति कोषमा सरकारले गरेको योगदानको पत्रकार महासंघले स्वागत गरेको छ ।

यस कोषमा पत्रकार महासंघको कल्याणकारी कोषको रकमसमेत थपेर संयुक्तरुपमा सञ्चालन गर्दा प्रभावकारी हुने महासंघको बुझाइ छ । यसका साथै सञ्चार मन्त्रालयले ‘न्यू मिडिया’लाई समेत समेट्ने गरी आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउन विधेयक मस्यौदा थालेको छ । यससंगै प्रेस काउन्सिल पनि खारेज हुने देखिएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले आमसञ्चार नीति सम्बन्धी विधेयक मस्यौदा गर्न सञ्चार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ । अब छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन, श्रमजीवी पत्रकार ऐनलगायत आमसञ्चार र पत्रकारसँग सम्बन्धित सबै ऐनलाई एउटै छातामुनि ल्याइने मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL