Logo

फ्रेन्च स्ट्राइकर एमबाप्पेले विश्वकपमा जितेका सबै अवार्डहरु दान गर्दै, अपाङ्ग बालबालिकालाई सहयोग

फ्रेन्च स्ट्राइकर एमबाप्पेले विश्वकपमा जितेका सबै अवार्डहरु दान गर्दै, अपाङ्ग बालबालिकालाई सहयोग



काठमाडौं । विश्वकप फुटबल बिजेता फ्रान्सका स्ट्राइकर तथा हालै सम्पन्न भएको विश्वपका सबैभन्दा कान्छा खेलाडी किलीयन एमबाप्पे आफुलाई लोकोपकारीको रुपमा प्रस्तुत हुँदै आफ्ना समर्थकहरुलाई अच्चम्ममा पार्दैछन । उनलाई १ सय ६६ मिलीयन युरो खर्चेर पेरिस सेन्ट जर्मन टिममा भित्र्याइएको थियो । उनले हालै सम्पन्न विश्वकप फुटबलताका आफ्नो राष्ट्रिय टिमबाट राम्रो देन गरेका थिए ।

यसभन्दा अघि उनी पेरिस सेन्ट जर्मन क्लबबाट खेल्ने गर्दथे । त्यसताका उक्त टोलीले कहिल्यै हार वेहोर्नु परेको थिएन । राष्ट्रिय टोलीमा निहीत भएसँगै उनले हालै भएको विश्वकप फुटबलका ७ ओटा खेलमा दिएको देनले फ्रान्सलाई विजय मात्रै दिलाएन ताकी १९ बर्षीय एमबाप्पेलाई पनि विश्वकप फुटबलमा गोल गर्न सक्ने दोस्रो कान्छो खेलाडीका नामले परिचित पनि गरायो । विश्वकप फुटबलमा सबैभन्दा बढि गोल गर्ने कान्छो खेलाडी ब्राजिलका पेले हुन ।

अब १९ बर्षीय एमबाप्पेले अपाङग बालबच्चालाई आफुले विश्वकप ताका कमाएको हरेक पैसा सहयोग गर्ने योजना बनाएका छन । उनले आफुले विश्वकप ताका कमाएको पैसाबाट अपाङ बालबालिकाहरुले पनि खेल खेल्ने मौका पाउने जानकारी दिएका छन ।

फ्रान्सेली समाचार आउटलेट एल इक्वीपका अनुसार एमबाप्पेले २०१७ मा एसोसिएसनलाई साथ दिएदेखि मानव सेवामा लागि परेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL