Logo

अपरिचित विदेशी नम्बरबाट मिसकल आयो ? कलव्याक नगर्नुहोस चोरिएला ब्यालेन्स !

अपरिचित विदेशी नम्बरबाट मिसकल आयो ? कलव्याक नगर्नुहोस चोरिएला ब्यालेन्स !



काठमाडौं । पछिल्लो समय नेपालमा अपरिचित विदेशी नम्बरबाट मिसकल आउने गरेको गुनासो धेरैको छ । अपरिचित विदेशी नम्बरबाट मिसकल आउने र सो मिसकललाई कल व्याक गरे लामो समयसम्म गफ गरिरहने तथा कल ब्याक गर्ने वित्तिकै आफुसँग भएको ब्यालेन्स चोर्न थालेको पनि गुनासाहरुमा उल्लेख छ ।

यस्ता विदेशी कल प्रायजसो रसिया, पोल्यान्ड, नाईजेरियालगायतका देशबाट आउने गरेको नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याललले जानकारी दिए । ‘विदेशी नंबरबाट मिसकल आउने र उक्त कल कलव्याक गरेपछि विभिन्न बहानामा कुरा गर्ने समय लम्ब्याई मोबाईल ब्यालेन्स चोर्ने क्रम बढेको छ,’ उनले भने । साथै प्राधिकरणले यस्ता किसिमका मिसकलहरु आएमा हत्तपत्त कलव्याक नगर्न पनि सर्बसाधारणमा आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार यो समस्या पहिले देखिको हो । यसलाई नियन्त्रण गर्न विभिन्न सेवा प्रदायकहरुलाई यस्ता किसिमका नम्बरहरु नेपालको नेटवर्कभित्र प्रवेश गर्न नपाउने गरी सिस्टम लागु गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।

यसका साथै उक्त क्रियाकलाप रोक्न तथा त्यसरी फोन गर्नेलाई कारबाही गर्नका लागि प्राधिकरणले एक कमिटि गठन गरी काम अघि बढाएको समेत उनले जानकारी दिए । नेपाल टेलिकम तथा एनसेललगायतका सेवा प्रदायकले पनि यस्तो किसिमको फोन आएमा तुरुन्त आफुलाई सुचित गर्न आग्रह गरिसकेको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL