Logo

सलमानलाई काठमाडौं ल्याउने भन्दै टिकट बिक्री गर्ने ओडीसीका संचालक गुरुङ पक्राउ

सलमानलाई काठमाडौं ल्याउने भन्दै टिकट बिक्री गर्ने ओडीसीका संचालक गुरुङ पक्राउ



काठमाडौं । महानगरीय अपराध महाशाखाले ओडीसि इन्टरटेन्मेन्टका संचालक सिमान्त गुरुङलाई पक्राउ गरेको छ ।

गुरुङले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्नेभन्द लाखौंको टिकट बिक्री गरेको र हाल उक्त रकम फिर्ता नदिएपछि प्रहरीले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

गुरुङलाई ठगीको आरोपमा पक्रेको र आवश्यक अनुसन्धानका लागि थुनामा राखिने प्रहरीले जानकारी दिएको छ ।

सलमान पहिलो कार्यक्रम स्थगित भए पछि दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि सो दिन कार्यक्रम हुन सकेन ।

कार्यक्रम स्थगित भए पछि कार्यक्रमका लागी भनेर बिक्री भएका टिकटको पैसा अझै सम्म फिर्ता नभए पछि गुरुङलाई प्रहरिले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL