Logo

चीनको गुइझोउ प्रान्त नेपालमा लगानी गर्न आतुर, चिनियाँ एक्जीम बैंकले पनि लगानी भित्र्याउने

चीनको गुइझोउ प्रान्त नेपालमा लगानी गर्न आतुर, चिनियाँ एक्जीम बैंकले पनि लगानी भित्र्याउने



काठमाडौं । चीनको गुइझोउ प्रान्त नेपालमा लगानी गर्न आतुर देखिएको छ । नेपालको तिब्र विकासमा सहयोग गर्न भन्दै चिनिया लगानीकर्ताले नेपालमा लगानीको चासो देखाएका हुन । यसका साथै चिनिया एक्जीम बैंकको गुइझोउ शाखाले पनि नेपालको विकासमा लगानी गर्न इच्छा देखाएको छ । विहिबार नेपाल उद्योग वाणिज्य महासंघ र २० सदस्यीय चिनियाँ उद्यमी व्यवसायीहरू बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा उक्त कुराको जानकारी दिइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी समक्ष चीनको गुइझोउ प्रान्तको गुइझोउ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओ को नेतृत्वमा नेपाल भ्रमणमा आएको गुइझोउका उद्यमी व्यवसायीहरुले विहिबार भेटवार्ता गरेका हुन । उक्त भेटवार्तामा चिनियाँ पक्षबाट गुइझोउ प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूँजी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरेका थिए ।

साथै भेटवार्तामा गुइझोउ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाइएको थियो । चिनिया“ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्या“स हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटी लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिनिधिमण्डलका नेता एवं गुइझोउ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा गुइझोउ प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पारेका हुन ।

नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिवद्धताको प्रशंसा गर्दै महासंघ अध्यक्ष भवानी राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको प्रष्ट पारिन ।

‘यहाँ लगानी, पूँजी प्रविधि भित्रयाउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ,’ उनले भनिन । उनले प्रधानमन्त्रीबाट हालै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा आपसी हितका विषयमा निकै धेरै सहकार्यका लागि प्रतिबद्धता र सहयोग सम्बन्धी सम्झौता समेत भएकाले अव त्यसलाई सफल कार्यान्वयनमा लैजाने कुरामा जोड दिइन । साथै उनले जनशक्ति विकास तथा महासंघमा डाटा सेन्टर स्थापनाका लागि चिनिया पक्षसंग प्रस्ताव राखिन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको लागि आगामी दशक विकास दशकको रुपमा रहेकाले यहा रहेको प्रचुर सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनिया लगानीकर्ताहरूलाई आग्रह गरेका हुन ।

सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशिल रहेको र लगानीको वातावरण पनि अत्यन्त अनुकुल रहेको छ उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL