Logo

अब फोहोर आफै व्यवस्थापन गर्नुहोस, सडक विग्रदा ल्यान्डफील नजाने भए गाडि

अब फोहोर आफै व्यवस्थापन गर्नुहोस, सडक विग्रदा ल्यान्डफील नजाने भए गाडि



काठमाडौं । काठमाडौं उपत्यका वासीलाई आफ्नो घरमा निस्कने फोहोर आफै व्यवस्थापन गर्नुपर्ने भएको छ । महानगरपालिकाको फोहोर ल्यान्डफील साइट जाने बाटो बिग्रीएपछि फोहोर फाल्न जाने गाडीहरु त्यहाँसम्म पुग्न नसक्ने भएकोले फोहोर केहिदिनको लागि आफै व्यवस्थापन गर्नुपर्ने भएको हो ।

कामपा फोहोरमैला तथा वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरी कँुवरले नुवाकोटको ककनीस्थित सिस्डोलको सडकमा भारी बर्षाका कारण गाडीहरु चिप्लीएर जान नसक्ने भएकाले उक्त सडक मर्मतको काम भइरहेको बताए ।

उनले उक्त सडक विहिबार बेलुकासम्ममा सञ्चालनमा आउने भएकाले काठमाडौंवासीले शुक्रबारसम्म आफ्नो घरको फोहोर घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेका छन । उक्त सडक लगातार ३ दिनको बर्षातका कारण सोमबारदेखि अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL