Logo

८६ प्रतिशत भुकम्प पिडित अझै टहरामै, १४ प्रतिशतले बुझे तेस्रो किस्ता

८६ प्रतिशत भुकम्प पिडित अझै टहरामै, १४ प्रतिशतले बुझे तेस्रो किस्ता


रासस
0
Shares

काठमाडौं । भूकम्प गएको ३ वर्ष विति सक्दा पनि ललितपुरमा ८६ प्रतिशत पिडित अझै टहरामै बस्न बाध्य भएका छन ।
ललितपुरमा हाल सम्म १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझेका छन ।

अहिलेसम्म सरकार र गैरसरकारी संस्थाबाट कुल ३ हजार ३ सय ६३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता वापतको रकम बुझेको भूकम्पीय घर पुनःनिर्माण परियोजना, जिल्ला कार्यान्वयन इकाइ ललितपुरले जानकारी दिएको छ ।

पहिलो किस्तावापतको रकम लिनेभन्दा भन्दा दोस्रो किस्ता लिने लाभग्राहीको संख्या न्यून छ । त्यसमा पनि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या सबैभन्दा न्यून रहेको इकाइका सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश महर्जनले बताएका छन ।

भूकम्प पीडितमध्ये यो वर्ष ५० प्रतिशतको घर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएपनि त्यो भन्दा धेरै कमले मात्रै घर निर्माण सम्पन्न गरेको इकाइले जनाएको छ । जिल्लामा अहिलेसम्म अनुदान सम्झौता गरेकामध्ये ९८ प्रतिशतले मात्र पहिलो किस्ता र २८ प्रतिशतले दोस्रो किस्तावापतको रकम लिएका छन ।

घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भन्दा सम्पन्न गरेर तेस्रो किस्ता लिनेको संख्या झन्डै आधा रहेको सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनले बताए ।

कतिपय लाभग्राहीले पारिवारिक र कतिपयले कानूनी झन्झटका कारण घर निर्माण सम्पन्न नगरेको सूचना प्रणाली व्यवस्थापन विज्ञ महर्जनको भनाई छ ।

सम्झौता भएपछि घर निर्माण शुरु गर्नका लागि अधिकांशले पहिलो किस्ता वापतका रकम लिएर गएका छन । पहिलो किस्ता लिएकाले डिपिसी गरेपछि मात्रै दोस्रो किस्ताबापतको रकम पाउने व्यवस्था छ ।

विगत २ वर्षको भन्दा चालु आर्थिक वर्षमा केही प्रगति देखिएको इञ्जिनियर संगिता थापाले बताईन ।
असार मसान्तसम्म दोस्रो र पुस मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने व्यवस्थाका कारण पनि कतिपयले घर बनाउन हतारिएको उनले बताईन ।

स्थानीय तहमा अहिले नक्सा पास गर्ने सेवाग्राहीको भीड छ । लामो समय नक्सा प्रक्रियामै अड्किएकाले घर निर्माणमा ढिलाई भएको थापाले बताईन ।

साविक ललितपुर उपमहानगरापलिकामा कुल ५ हजार १ सय ७९ लाभग्राहीमध्ये २ सय ९० जनाले मात्र तेस्रो किस्ता बापतको रकम बुझेका छन । जिल्लामा कुल २७ हजार ७ सय १८ जना भूकम्प पीडित लाभग्राही रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL