Logo

सरकारले व्यापार र पारवहन सम्झौताको मस्यौदा चीन पठायो, आगामी जुलाईमा हस्ताक्षर

सरकारले व्यापार र पारवहन सम्झौताको मस्यौदा चीन पठायो, आगामी जुलाईमा हस्ताक्षर


रासस
27
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथी आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय बीच वार्ता हुने जानकारी दिएको छ ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन २०१६ मा व्यापार र पारवहन सम्झौता भएको थियो ।

उनले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL