Logo

म्यानपावरलाई धम्क्याएर घुस लिने वैरो विभागमा शाखा अधिकृत ढुङ्गाना पक्राउ, विगो सहित मुद्दा दायर

म्यानपावरलाई धम्क्याएर घुस लिने वैरो विभागमा शाखा अधिकृत ढुङ्गाना पक्राउ, विगो सहित मुद्दा दायर



काठमाडौं । म्यानपावर व्यवसायीलाई अनावश्यक रुपमा धम्याएर पैसा असुलेको आरोपमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत रामप्रसाद ढुङ्गाना पक्राउ परेका छन् । सेवाग्राहीलाई दुख दिएर घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले उनलाई पक्राउ गरेको हो ।

म्यानपावर कम्पनीले पूर्व स्वीकृति लिने प्रायोजनका लागि पत्रिकामा प्रकाशित गरेको सुचना अपुरो भएको भन्दै ढुङ्गानाले ब्ल्याकमेलिङ गरी छापामार्ने सम्मको धम्की दिँदै घुस रकम माग गर्दै आएका थिए । उक्त सुचनाको आधामार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले टुङ्गानालाई ५० हजार रुपैयाँ घुस वापट लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले उनलाई ५० हजार रुपैयाँ विगो कामय गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ । साथै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र कैद सजाय मागदावी लिइ आइतबार अख्तियारले आरोपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL