Logo

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा



काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादूर खड्काले पदबाट राजीनामा दिएका छन् । खड्कालाई निगमको कार्यकारी निर्देशक पदमा बहाली हुँदाहुँदै मन्त्रालयमा तानेर थन्काईएपछि उनले पदबाट रानीनमा दिएका हुन् ।

खड्काले भर्खरै मात्र पत्रकार सम्मलेन गरेर आफुले निगमको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । साथै उनले आज नै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई भेटी राजीनामा पत्र समेत बुझाएका छन् ।

निगमको कार्यकारी निर्देशकमा २०७१ माघ १४ गते मन्त्रिपरिषद्बाट  नियुक्त भए भएका खड्कालाई सरकारले करिब ९ महिनाअघि निगमबाट जिम्मेवारी मुक्त गर्दै मन्त्रालयमा तानेको थियो । उनी मन्त्रालयमा ९ महिनादेखि नै विना जिम्मेवारी रहँदै आएका थिए । आफुलाई निगमको नेतृत्वमा रहेर काम गर्न इच्छा हुँदाहूँदै पनि सरकारले अन्याय गरेका कारण रानीनामा दिन बाध्य हुनु परेको उनको गुनासो थियो ।

राजीनामा दिँदै खड्काले आफ्नो कार्यकालमा निगमलाई ऋण मुक्त गरी नाफामा लगेको, जनतालाई सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सफल भएको दावी गरेका छन् ।

खड्कालाई निगमबाट जिम्मेवारी विहीन बनाएसँगै आफ्नो कार्यकाल सकिन ३ महिना बाँकी छँदै पदबाट राजीनामा दिएका हुन् । ‘निगम सुधारका लागि अझै पनि धेरै काम गर्न चाहन्थे,’ राजीनामा दिँदै उनले भने, ‘लामो समयदेखि जिम्मेवारी विहीन बनाइएपछि पदबाट राजीनामा दिन वाध्य भए ।’

प्रतिक्रिया दिनुहोस्
MBL