Logo

पुनर्निर्माणको काम एक बर्षभित्र सक्न अर्थमन्त्रीको निर्देशन, जस्तापाता र काठमा सहुलियत दिँदै सरकार

पुनर्निर्माणको काम एक बर्षभित्र सक्न अर्थमन्त्रीको निर्देशन, जस्तापाता र काठमा सहुलियत दिँदै सरकार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माणको काम यथासक्दो चाँडो सक्न निर्देशन दिएका छन ।

बुधबार आयोजित निजी आवास पुनर्निर्माण सम्बन्धी समस्या र समाधानको काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले अर्काे बर्षसम्म पुनर्निर्माणको काम सक्न निर्देशन दिएका हुन् । ‘अर्को बर्षसम्म पुनर्निर्माण सकिएको समाचार सुन्न पाउ,’ उनले भने, ।

साथै सरकारले सकेसम्म पुनर्निर्र्माणका लागि आवश्यक बस्तु जस्ता पाता, काठ आदिहरुमा सहुलियत दिने समेत उनले जानकारी दिए । उनले अब प्रत्येक बर्ष नेपालको बनबाट ६० लाख क्युविक फिट काठ उत्पादन हुने भन्दै अब त्यसलाई पुनर्निर्माणका लागि उचित मूल्यमा वितरण गर्ने पनि बताए ।

राष्ट्रिय पुनर्निर्माणका प्रतिनिधीहरुलाई सकेसम्म तीव्र, चुस्त दुरुस्त प्रक्रियामा काम अघि बढाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL