Logo

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले शनिवार राती १२ बजेटबाट लागू हुनेगरी पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य वृद्धि गरेकोे हो ।

निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य वृद्धि गरेकोे हो ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएसँगै निगमले पनि नेपालमा मूल्य बृद्धि गरेको जानकारी दिएको छ ।

निगमले गरेको मूल्य बृद्धिसँगै आईतबारदेखि पेट्रोलको प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।

यसैगरी निगमले हवाई इन्धनमा पनि मूल्य बृद्धि गरेको छ । जस अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तरराष्ट्रियमा प्रतिहजार लिटर ७५ डलर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL