Logo

सरकारमा थपिए २ मन्त्री, अपराह्न ५ बजे शीतल निवासमा सपथ

सरकारमा थपिए २ मन्त्री, अपराह्न ५ बजे शीतल निवासमा सपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप मन्त्रिपरिषद् विस्तार गरेका छन ।

संघीय समाजवादी फोरम सरकारमा जाने निर्णयसँगै दुई मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

जस अनुसार सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई सरकारमा गएका छन् । ओलीले स्वास्थ्य मन्त्री यादव र शहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राई नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री द्वयलाई राष्ट्रपति भवन शितल निवासमा अपराह्न ५ बजे शीतल निवासमा शपथ खुवाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL