Logo

उपेन्द्र यादवको संघीय फोरम सरकारमा जाने, तीन नेताबीच भयो हस्ताक्षर

उपेन्द्र यादवको संघीय फोरम सरकारमा जाने, तीन नेताबीच भयो हस्ताक्षर



काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुने भएको छ । सरकारमा जाने विषयमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल र यादवबीच यस विषयमा सोमबार बिहान सहमति जुटेको हो । उक्त सहमति पत्रमा तीनै नेताले हस्ताक्षर गरेका छन् ।

सहमती पत्रमा आन्दोलनका क्रममा उठाइएका माग र मुद्धाका सम्बन्धमा संविधान संसोधनसँग सम्बन्धित विषय आपसी समझदारीका आधारमा संसोधन गर्न फोरम सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL