Logo

यातायातको सिण्डिकेट फालेका महानिर्देशक भट्टराई श्रम मन्त्रालयमा, हटाउलान त वैदेशिक रोजगारका विकृति ?

यातायातको सिण्डिकेट फालेका महानिर्देशक भट्टराई श्रम मन्त्रालयमा, हटाउलान त वैदेशिक रोजगारका विकृति ?



काठमाडौं । यातायात क्षेत्रमा मौलाएको सिण्डिकेट हटाएर चर्चा कमाएका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनाराण भट्टराई श्रम तथा रोजगार मन्त्रालय पुगेका छन् ।

यातायात क्षेत्रको सिण्डिकेट हटाउन अग्रसर भएर लागेका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले उनको काम प्रति असन्तुष्टी जनाउँद मन्त्रालयमा तानेका थिए । तर, त्यसको एक हप्ता पनि नवित्दै उनलाई श्रम तथा रोजगार मन्त्रालमा सरुवा गरिएको छ ।

विभागीय मन्त्रीको विरोधका बाबजुद पनि भट्टराई प्रधानमन्त्री र गहमन्त्रीको ठाडो आदेशमा यातायात क्षेत्रमा मौलाएको सिण्डिकेट फाल्न सफल भएका थिए ।

तत्कालिन अवस्थामा भौतिक मन्त्री महासेठले मन्त्रालयमा महत्पवूर्ण काम भएको भन्दै मन्त्रालयमा तानिएको बताएका थिए । तर, त्यसको केही दिनमा उनलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ ।

उनलाई श्रम तथा मन्त्रालयमा सरुवा गरेर मन्त्रालय अन्तरगतको महत्वपूर्ण विभागको रुपमा रहेको वैदेशिक रोजगार विभागमा पठाउने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय वैदेशिक रोजगार विभागको ठूलो रुपमा आर्थिक चलखेल र विकृति बढेको गुनासो आएसँगै त्यसलाई न्युनिकरण गर्न श्रम मन्त्री गोकर्ण विष्टले भट्टराईलाई आफ्नो मन्त्रालय अन्तरगत लगेको समेत एक अधिकारीले जानकारी दिए ।

पछिल्लो सरकारले पनि वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको सिण्डिकेट र गैर कानुनी क्रियाकलापलाई न्युनिकरण गर्न अग्रसरता देखाएको छ । सोही अनुरुप सरकारले वायोमेट्रिक, भीएलएन, वान स्टप सेण्टर, जीएजीलगायतका गैरका कानुनी रुपमा खडा गरिएका संघसंस्था खारेज गर्दै तिनका संचालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

साथै भट्टराईलाई श्रम विभागको महानिर्देशक बनाएर पठाएसँगै त्यहाँ भएका विकृतिलाई न्युनीकरण गर्न थप सहयोग पुग्ने सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL